2026/03/15

नेप्सेमा झन्डै ५ अंकको सुधार

Admin

२०८२-०९-२९

179
Shares

पुस २९, २०८२

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झन्डै पाँच अंकले बढेको छ। सोमबार ५.५४ अंकले घटेर २ हजार ६ सय ३५.०१ विन्दुमा बन्द भएको नेप्से मंगलबार ४.९० अंकले बढेको हो।

यससँगै नेप्से परिसूचक २ हजार ६ सय ३९.९१ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.८० प्रतिशतले बढेको हो।

मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै भए पनि समग्र नेप्से करिब पाँच अंकले उकालो लागेको छ।

यस दिन कुल ७७ हजार १७ पटकको कारोबारमा १ करोड ३६ लाख २४ हजार ८ सय २४ कित्ता सेयर किनबेच भए। ती कारोबारबाट ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो। सोमबार ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत, लगानी, सामूहिक लगानी कोष, निर्जीवन बिमा, अन्य तथा व्यापार समूहको परिसूचक बढेको छ। बाँकी उपसमूहहरूको परिसूचक घटेका छन्।

179
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.