2026/03/15

फ्रान्सले ग्रीनल्यान्डमा नेटो सैन्य अभ्यासको प्रस्ताव गर्‍यो, ट्रम्पको दबाबबीच युरोप सतर्क

Admin

२०८२-१०-०८

124
Shares

एजेन्सी — फ्रान्सले ग्रीनल्यान्डमा नेटोको सैन्य अभ्यास सञ्चालन गर्न अनुरोध गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको कार्यालयले बुधबार यस विषयमा जानकारी दिँदै फ्रान्स उक्त अभ्यासमा सक्रिय योगदान दिन तयार रहेको जनाएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व आर्थिक मञ्च (WEF) मा सहभागी हुन बुधबार स्विट्जरल्यान्डको डाभोस पुगेकै समयमा फ्रान्सको यो अनुरोध सार्वजनिक भएको हो । युरोपेली मुलुकहरूको विरोधका बाबजुद ट्रम्पले ग्रीनल्यान्ड आफ्नो नियन्त्रणमा लिन दबाब बढाउँदै आएका छन्, जसले दशकौँयताकै सबैभन्दा कमजोर ट्रान्सएट्लान्टिक सम्बन्ध सिर्जना गरेको विश्लेषण गरिएको छ ।

डाभोसमा मंगलबार सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोनले युरोप धम्कीको सामु नझुक्ने र नडराउने स्पष्ट सन्देश दिएका थिए । उनले ग्रीनल्यान्ड कब्जा गर्न नदिए चर्को भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनीलाई कडा शब्दमा आलोचना गरेका छन् ।

यसैबीच, नेटोका नेताहरूले ट्रम्पको ग्रीनल्यान्ड रणनीतिले सैन्य गठबन्धनमै गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । ट्रम्पले ग्रीनल्यान्डको विषयलाई आफूले नोबेल शान्ति पुरस्कार नपाएको असन्तुष्टिसँग समेत जोड्दै आएका छन्, जसले विषयलाई थप राजनीतिक बनाएको छ ।

ग्रीनल्यान्डलाई लिएर अमेरिका–युरोपबीच बढ्दो तनावका बीच फ्रान्सको यो प्रस्तावलाई युरोपको सामूहिक सुरक्षा र रणनीतिक सन्तुलन जोगाउने प्रयासका रूपमा हेरिएको छ ।

 

124
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.