2026/04/21

काठमाडौं–१ को मतगणना राति १० बजे सुरु हुने, भोलि बिहानसम्म नतिजा

Admin

२०८२-११-२१

168
Shares

फाल्गुन २१, २०८२

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ मा आज राति १० बजेदेखि मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकमा दलहरूबीच सहमति जुटेसँगै मतगणना प्रक्रिया अघि बढाउन लागिएको हो।

मतगणना बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा हुनेछ। हरेक दुई–दुई घण्टामा मतपरिणाम सार्वजनिक गर्ने तयारी छ। मतगणना कार्य रातभर निरन्तर जारी रहने र शुक्रबार बिहानसम्म अन्तिम नतिजा आउने अपेक्षा गरिएको छ।

काठमाडौं-१ मा नेपाली कांग्रेसबाट प्रबल थापा, नेकपा एमालेबाट मोहनराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रञ्जु दर्शना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट मेनुका भण्डारी र राप्रपाबाट रवीन्द्रलगायतका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।

बिहीबार देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य चयनका लागि उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ।

 

168
Shares

©News Kunja 2021-2026. All rights reserved.