2026/09/13

हार्दिकता , सामाजीक सद्धभाब र नेपाली समाजको एकता।

Admin
Admin

२०८०-०४-११

867
Shares
हार्दिकता , सामाजीक सद्धभाब र नेपाली समाजको एकता।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको २०२३ -२०२५ को कार्यकालका लागि हुन गइरहेको आसन्न निर्वाचनमा मदनराज पौडेलले उम्मेद्वारी दिनुभएको छ। बौद्धिक , मिलनसार र सहयोगी स्वभावका पौडेल नेपालको विध्यार्थी आन्दोलनको राप र तापले खारिएका व्यक्ति हुनुहुन्छ। जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि निरन्तर संघर्ष गर्ने तथा सबै पक्षसङ्ग समन्वय गर्न सक्ने उहाँको विशेषता हो । गैर आवासीय नेपालीहरुको हक हित एवम आपसी सद्भाव र एकता कायम गर्न महत्त्वपूर्ण भुमिका खेल्न सक्ने विश्वासका साथ उहाँ निर्वाचनमा होमिनु भएको छ। भेटघाट कार्यक्रममा उत्साहजनक रुपमा उपस्थित हुनु भई कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिनु हुने अस्ट्रेलिया भरीका विभिन्न संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीज्यूहरू, एनआरएनए एनसीसी अस्ट्रेलियाका अभियन्ताज्यूहरु, सामाजिक अभियन्ताज्यूहरू, संचारकर्मीज्यूहरु तथा सम्पूर्ण आमा बुबा, दिदीबहिनी तथा दाजुभाईहरु प्रति उहाँले हार्दिक आभार तथा धन्यबाद प्रकट गर्नुभएको छ। साथै समर्थन र सहयोगको लागि अष्ट्रेलियावासी सम्पूर्ण नेपालीजनमा हार्दिक अपिल पनि गर्नुभएको छ।

 

Tags:
867
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja