2026/08/13

दैलेखमा ‘बोक्सो’को आरोपमा हत्या, अभियुक्त पक्राउ

Admin
Admin

२०८१-०८-०६

1823
Shares
दैलेखमा ‘बोक्सो’को आरोपमा हत्या, अभियुक्त पक्राउ

काठमाडौं– बोक्सोको आरोप लगाउँदै दैलेखको दुल्लू नगरपालिका–१३ मालिकामा कर्णबहादुर कामीको हत्या गरिएको छ। 

५६ वर्षीय कामीलाई साइनोले भाई पर्ने ४३ वर्षीय भुवनसिंह विकले बुधबार साँझ कर्णबहादुरको घरमै पुगेर हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

भुवनसिंहलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आफू बिरामी भएपछि बोक्सी मन्त्र लगाएर बिरामी पारेको भन्दै आक्रोशमा आएर कर्णबहादुरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

1823
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja