2026/05/01

कहिले बन्ला कमलबजार विमानस्थल ?

Admin

२०८०-०४-१३

465
Shares

काशीराम बज्गाँइ १४ साउन,अछाम
तत्कालिन विद्रोही माओवादीको आक्रमणबाट ध्वस्त भएका अछामका धेरै सरकारी र अन्य संरचना मध्ये अछामका दुई विमानस्थल पनि प्रमुख हुन् । दुई निर्वाचन क्षेत्र भएको अछामका दुवै ठाउँमा विमानस्थल थिए । माओवादी आक्रमणको लामो समयपछि क्षेत्र नम्बर –१ को क्षेत्रिय सदरमुकामसमेत रहेको सा“फेबगरमा ५ वर्षअघिबाट विमानस्थल पुनःनिर्माण भएर संचालनमा छ । क्षेत्र नम्बर –२ को क्षेत्रिय सदरमुकाम कमलबजारमा भने अहिले विमानस्थल ग्राभेलको काम भइरहेको छ ।


साँफेबगर विमनस्थल संचालनको ५ वर्ष भइसक्दा पनि यहाँका सर्वसाधारणको पहँुचमा हवाइ सेवा पुग्न सकेको छैन । निजिस्तरको समटि यएरलाइन्सले साफेबगरबाट सोमबार र बिहबार गरी हप्तामा दुई दिन उडान गर्दै आएको छ । तर यो सुविधा स्थानीयले प्रयोग गर्न नपाएको गुनासो आइरहेको छ । समिट एयरलाइन्सका अछाम सम्पर्क व्यक्ती तेज कुवँर भने यात्रु नपाएरै  नियमित फ्लाइटबाट हप्तामा दुई पटक उडान गर्नु परेको बताउँछन् ।

 

संचालनको ५ वर्षसम्म पनि सर्वसाधारणको पहँुच नपुगेको , यात्रु नपाएको जस्ता समस्या झेलिरहेको बेला जिल्लामा अर्को विमानस्थल बन्न लाग्दा स्थानीयमा केही आशा र बनेपनि पहँुचवालाकै हातमा पर्ने हो की भन्ने निराशा रहेको कमलबजार नगरपालिका –१ मुलीका चेतराज ढकालले बताए । ‘म आफैंले साँफेबगरबाट धनगढी  जहाजमा जानको लागि धेरै प्रयास गरे तर टिकट कहिल्यै पनइएन । अहिले कमलबजारमा यएरर्पोटको काम बनिरहेको छ । यता सर्वसाधारणको पहँुचमा आउँछ की भन्ने आशा लागेको छ ।’ उनले भने ।
संघीय सरकारको संसकृती , पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट गत आवमा ग्राभेल , विमानस्थल क्षेत्रमा तारबार र नाली व्यवस्थापनको लागि १ करोड बजेट आएको कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले बताए । 
कमलबजार विमानस्थल तत्कालिन विद्रोही नेकपा माओबादीले आक्रमण गरेपछि परिक्षण उडान समेत भर्न नपाउँदै बन्द भएको हो । २०५८ सालमा तत्कालिन विद्रोही नेकपा माओबादीले आक्रमण गरेर निर्माण सम्पन्न भै सञ्चालनको तयारीमा रहेको विमानस्थलको रिपिटर टावर भत्काएपछि परिक्षण उडान समेत भर्न नपाउँदै विमानस्थल बन्द भएको हो । 
२०५१ सालमा विमानस्थलको काम उपभोक्ता मार्फत सुरु गरी अन्तिम चरणमा पुगेको बेला नै शसत्र द्धन्द सुरु हुँदा काम रोकिएको विमानस्थल निर्माणका अगुवा एवम् कमलबजार नगरपालिकाका पूर्वप्रमुख ओमप्रकाश विष्टले बताए । ‘विमानस्थल जसरी पनि संचालन गर्नुपर्छ भनेर ०५१ साल देखि निरन्तर काममा लागि रह्यांै । त्यतिखेर देशमा संक्रमणकाल सुरु भयो । हामी ज्यान जोगाउनलाई भाग्न बाध्य भयौं’ विष्टले भने ,‘ त्यो बिचमा हवाइ मैदान निर्माण, विमानस्थलका घर बनाउने काम र टावर बनाउने काम सकिएको थियो । शसत्र जनआन्दोलमा त्यो सबै ध्वस्त भयो ।’  उनका अनुसार ४ करोड ६३ लाखमा स्टमेट भएको विमानस्थलमा तत्कालिन समयमा २ करोड ५० लाख खर्च भइसकेको थियो । 
उनका अनुसार ०६३ सालमा शान्ति सम्झौता भएपछि ध्वस्त विमानस्थल पुनःनिर्माण गर्न पहल भने नभएको होइन । तत्कालीन एमाओवादीको सरकार रहेको बेला पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले सुदूरपश्चिममा रहेका विमानस्थललाई तत्काल सुचारु गर्ने प्रतिबद्धता जनाए पनि त्यतिबेला पनि विमानस्थलको काम अघि बढेको थिएन ।  द्वन्द्वको क्रममा तत्कालीन माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्णरुपमा ध्वस्त बनाएको थियो । 
अहिले पनि ग्राभेल गर्नका लागि मात्रै बजेट आएकाले  विमानस्थलको काम अघि बढ्नेमा स्थानीय विश्वस्त छैनन् । ‘ग्राभेलपछि फेरी गौचरणमा परिणत हुन्छ की सुचारु हुन्छ भन्नेमा पनि हामीलाई शंका छ ’ कमलबजार नगरपालिका ६ की गौमती भण्डारीले भनिन् ,‘ दुर्गमका जनताको पिर मर्का स्थानीय तह , प्रदेश र केन्द्र सरकारले बुझिदिए हुन्थ्यो ।’
 

465
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.