2026/09/14

स्थायी र स्वतन्त्र पत्रकारका लागि प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्ष हुने 

Admin
Admin

२०८०-०५-०६

674
Shares
स्थायी र स्वतन्त्र पत्रकारका लागि प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्ष हुने 

काठमाडौं  । सूचना तथा प्रशारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्षको हुने भएको छ ।

तर यस्तो व्यवस्था स्थायी र स्वतन्त्र पत्रकारहरूको लागि मात्रै लागू हुने विभागले जनाएको छ । ‘यस विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्ष अवधिको लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब उप्रान्त स्थायी र स्वतन्त्र पत्रकारको हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने तथा अस्थायी प्रमाणपत्रको हकमा साबिक कै व्यवस्था निरन्तर रहने ब्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै अस्थायी प्रमाणपत्रको हकमा साबिककै व्यवस्था कायम रहने विभागले जनाएको छ ।

 

674
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja