2026/08/25

डोल्पाको ब्यारेकबाट हराएका मेजर २४ घण्टामा पनि भेटिएनन्, खोज्ने सुरक्षाकर्मी बढाइयो

Admin
Admin

२०८०-०५-११

761
Shares
डोल्पाको ब्यारेकबाट हराएका मेजर २४ घण्टामा पनि भेटिएनन्, खोज्ने सुरक्षाकर्मी बढाइयो

आइतबार अपरान्हदेखि डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मबाट हराएका नेपाली सेनाका मेजर विमल पण्डितको खोजीका लागि थप प्रहरी बल खटाइएको छ । 

गुल्मपति पण्डित आज दिनभर खोज्दा पनि फेला नपरेपछि जिल्ला प्रशासन कार्यालयले बन्दोबस्तीका सामग्रीसहित थप प्रहरी खटाएर खोजीकार्य तीब्र पारेको हो ।

डोल्पा प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले रातभर खोज्नुपर्ने भएकाले गाडीसहित प्रहरीको अर्को टोली पनि खटाईएको जानकारी दिएका छन् ।

आइतबार अपराह्न साढे चार बजे इभिइनिङ वाकका लागि ब्यारेकबाट निस्किएका मेजर पण्डितले साँझ पाँच बजे काठमाडौँमा रहेकी श्रीमतीसँग फोनमा कुराकानी गरेका थिए ।

त्यसपछि दुनैबाट रिजर्भ गाडीमा त्रिपुरा पुगेका उनको मोबाइल स्विचअफ छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र सेनाको संयुक्त टोलीले हिजैदेखि खोजी गरे पनि अवस्था पत्ता लागेको छैन । 

आफ्ना सुरक्षा गार्डलाई  'तँ नआइज,आज म एक्लै जान्छु' भनेर फर्काएका पण्डित त्रिपुरातर्फ गएको सूचनाका आधारमा त्यही क्षेत्रमा खोजबिन भइरहेको छ । त्रिपुरा सेनाको ब्यारेकबाट झण्डै एक घण्टाको दूरीमा पर्दछ ।

761
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja