2026/07/30

सचिवमा बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

Admin
Admin

२०८०-०५-११

581
Shares
सचिवमा बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

काठमाडौं । निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवहरूको नाम सिफारिस भएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

३ जनामध्ये घिमिरे वरिष्ठतामा अघि छन् । यसअघि पनि उनको नाम पटक-पटक सचिवका लागि सिफारिस हुँदै आएको छ । हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रूपमा कार्यरत छन् ।

सहसचिव अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ताको समेत जिम्मेवारीमा छिन् । पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक छन् ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा रहेको बढुवा समितिको बैठकले गरेको सिफारिसअनुसार तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई सचिव नियुक्त गर्नेछ ।

581
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja