2026/07/30

भ्रष्टाचारमा प्रधानमन्त्री नै मुछिए पनि नछाड्नू : प्रचण्ड

Admin
Admin

२०८०-०५-१२

482
Shares
भ्रष्टाचारमा प्रधानमन्त्री नै मुछिए पनि नछाड्नू : प्रचण्ड

१२ भदौ , काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कुर्सी जोगाउन भ्रष्टाचारविरोधी अभियान नचलाएको बताएका छन्। प्रतिनिधिसभाको मंगलबार बसेको प्रश्नोत्तर सेसनका क्रममा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा उनले जनतामा विश्वास बढाउन यो अभियान चलाइएको बताएका हुन्।

 

‘सरकारको अहिलेको काम कुर्सी टिकाउन मात्रै होइन। देश र जनतामा राजनीतिक प्रणालीमै निराशा छाएको अवस्था छ। जनतामा यो देशमा केही नहुने भाष्य रहेकाले त्यसलाई चिर्न यो कदम चालिएको हो’, उनले भने, ‘यो कदम सरकारले गम्भीरतापूर्वक चालेको हो। भुटानी शरणार्थी प्रकरणमा सरकारले गम्भीरतापूर्वक कदम चालेकैले जनतामा सुशासन फर्किएको विश्वास बढेको छ।’

 

उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यको तीनै तहमा कार्यान्वयन गर्दै आएको पनि बताए। ‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारल कानुनी र संस्थागत कदम चालेको छ’, उनले भने, ‘कसैलाई फसाउने र कसैलाई बचाउने काममा सरकार लागेको छैन। दोषी नछुटुन् र निर्दोष नपरुन् भनेको छु।’ उनले आफ्नो नाम नै भ्रष्टाचारमा मुछिए पनि नछाड्न भने। ‘प्रधानमन्त्री नै आउँछन् भने पनि नछाड्नु मेरो पार्टीको त के कुरा!’, उनले भने, ‘हाम्रो उद्धेश्य कसैलाई जोगाउने र फसाउने होइन।’

 

 

482
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja