2026/08/25

भ्रष्टाचारमा जोडिए प्रचण्डलाई पनि नछाड्नु भनेको छु : प्रधानमन्त्री

Admin
Admin

२०८०-०५-१४

643
Shares
भ्रष्टाचारमा जोडिए प्रचण्डलाई पनि नछाड्नु भनेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियान कांग्रेस र एमालेलाई मात्रै लक्षित गरेको भनेर गरिएको प्रचार भ्रमपूर्ण रहेको बताएका छन् ।

सुशासनको पक्षमा एकपछि अर्को राम्रो काम गरेको सरकारलाई अप्ठेरो पार्न त्यस्तो प्रचार भैरहेको उनले बताएका छन् । 

शुक्रबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भ्रष्टाचार र अनियमितताका घटनामा माओवादीकै नेता दोषी देखिए उनीहरुलाई पनि नछोड्न आफूले सीआइबीलाई प्रष्ट निर्देशन दिएको पनि उल्लेख गरे।

भ्रष्टाचार काण्डहरुको छानबिनमा आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईवीलाई दबाब नदिएको उनको दाबी थियो । 

‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भए पनि गर्दा जाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु', उनले भने ।  

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले राम्रो काम गरेको प्रतिक्रियावादी तत्व र दलालहरुलाई सह्‍य नभएको र उनीहरुले नै भ्रामक प्रचार जिकिर गरे । 

643
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja