काठमाडौं, भदौ १४
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधानमन्त्री खड्कालाई भेटी प्रधानमन्त्री दाहालले शीघ्र स्वास्थ्यलाभको कामना गरेको दाहालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री समाजवादी मोर्चाको वीरेन्द्रनगरको कार्यक्रम सकेर काठमाडौं फर्किएलगत्तै मन्त्री खड्कालाई भेट्न छाउनी पुगेका थिए ।