2026/04/29

अछाममा एम्बुलेन्स सेवा नै पाउँदैनन् सर्वसाधारण

Admin

२०८०-०५-१५

561
Shares

१५ भदौ , अछाम
कमलबजार नगरपालिका –७ जामा की नामसरा जैशीले गत बैशाखमा घरमै छोरालाई जन्म दिइन् । जन्मेको २ दिनपछि बच्चा अस्वस्थ भएको थाहा पाएपछि श्रीमान् मिनराज जैशीको साथमा जिल्ला अस्पताल मंगलसेन पुगिन् । जिल्ला अस्पतालमा २ दिनसम्म राख्दा पनि संचो नभएपछि डाक्टरले राम्रो अस्पतालमा लैजान भनेर रेफर गरे । गम्भिर अवस्थाको नवजात शिशुलाई सार्वजनिक यातायातमा लैजान नसकिने भएपछि एम्बुलेन्सको खोजीमा लागे । तर उनले एम्बुलेन्स् पाएनन् । ‘डाक्टरले बच्चाको अवस्था गाह्रो छ । धनगढी नेपालगंज लैजानुस भनेपछि एम्बुलेन्स खोजी गरँे । जिल्ला अस्पतालले एम्बुलेन्सको कन्डिसन ठिक छैन भन्ने जवाफ दियो । मंगलसेन नगरपालिकाले पनि बिग्रेको छ भन्ने थाहा पाएँ । कमलबजारमा त झन् पहिले नै बिग्रेको रहेछ’ उनले भने ,‘ दिनभर जिल्लाभरीका एम्बुलेन्स खोज्दा पनि पाइएन । अन्तमा पंचदेवल बिनायक नगरपालिकाको एम्बुलेन्समा धनगढी लैजाँदा डोटीको साजघाटमा मेरो छोराको मृत्यु भयो । ’ निजि गाडी रिजर्भमा लैजादा महंगो भर्ने र एम्बुलेन्स सेवा लिनको लागि सर्वसाधाराणको पहुँच नपुगेको उनले बताए । ‘बिरामीलाई एम्बुलेन्समा लैजानको लागि ठूलै पहँुच चाहिदो रहेछ । गाउँका हामीजस्ता सर्वसाधारणले एम्बुलेन्स प्रयोग गर्न पाउदैनौं ।’ उनले भने ।


मंगलसेन नगरपालिका –७ का कान्तप्रसाद जैशीले पनि एम्बुलेन्स खोजेर नपाएको गुनासो गरे । १ महिनाको नातीलाई जिल्ला अस्पताल अछामले राम्रो अस्तालमा लैजान रेफर गरेपछि गत महिना उनले धेरै ठाउँमा एम्बुलेन्सको खोजी गरे । ‘एम्बुलेन्सको खाृजी गर्दा कसैले सहि कन्डिसन छैन भने । कसैले हामी जान सक्दैनौं भन्छन् ’ उनले भने ,‘अन्तमा मंगलसेनदेखि धनगढीसम्म निजि गाडी २७ हजारमा रिजर्भ गरेर जानु पर्यो ।’ उनका अनुसार बिरामीलाई बोक्नको लागि एम्बुलेन्सको सेवा गाउ“मा कसैले पाएका छैनन् ।


अछामका १० स्थानीय तहमध्ये साँफेबगर ,बिनायक ,चौरपाटी , मेल्लेखका एम्बुलेन्स संचालनमा रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना बताउँछन् । ‘चलिरहेका एम्बुलेन्सको अवस्था पनि गतिलो छैन । पटकपटक बिग्रने समस्या छ ’ उनले भने ,‘रामारोशन , कमलबजार , ढकारी र तुर्माखाँदमा एम्बुलेन्स नै छैन ।’ उनका अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एम्बुलेन्स संचालन समन्वय समिति रहेको हुन्छ । उक्त समितिले जिल्लामा रहेका एम्बुलेन्सको अवस्था बुझ्ने , भाडा निर्धारण गरेर कार्यान्वयनका लागि प्रदेशमा सिफारिस गर्छ । ‘जिल्लाको समितिले भाडा निर्धाण गर्ने र कार्यान्वयन गर्नका लागि प्रदेशले अनुमति दिनु पर्छ । तर अहिले सम्म प्रदेशरले भाडादरको बारेमा कुनै जानकारी पठाएको छैन ’ स्वास्थ्य प्रमुख ढुंगानाले भने ,‘अहिलेसम्म व्यवहारिक रुपमा मिलाएर सबरामी लैजाने गरेका छन् । जिल्लमा रहेका एम्बुलेन्स सहि तरिकाले नचलेको हामी पनि स्विकार्छौं ।’


सामाजिक विकास मन्त्रालयले ३ वर्ष अगाडी खरिद गरेका १६ एम्बुलेन्समध्ये ४ वटा एम्बुलेन्स अछामको मंगलसेन , बाब्ला , बान्नीगढी जयगढ र कमलबजारमा दिइएको थियो । अक्सिजनसहितको सुविधा सम्पन्न भनिएका एम्बुलेन्स पहाडी भेगमा चल्न नसकेपछि  बान्नीगढी जयगढ बाहेक अन्य तिन वटा एम्बुलेन्स मन्त्रालयले फिर्ता लगिसकेको छ । मन्त्रालयले पहाडमा चलाउनका लागि किनेका एम्बुलेन एक महिना नचल्दै बे्रक नलाग्ने , सुस्त गति  , कच्चि बाटोमा नचल्ने र चिप्लिने समस्या देखिएपछि मन्त्रालयले फिर्ता लगेको हो ।


 बान्नीगढी जयगढमा भने पक्की बाटोमा प्रदेश सरकारले दिएको एम्बुलेन्स चलिरहेको स्वास्थ्य प्रमुख ढुंगानाले बताए । ‘ बान्नीगढीमा संचालनमा रहेको एम्बुलेन्स प्रदेशले फिर्ता लिएको छैन । कालोपत्रे भएको बाटोमा मात्रै चलिरहेको छ । ग्रामिण सडकमा भने चलाउन सकिदैन’ उनले भने ,‘ती एम्बुलेन्स फिर्ता लिएपछि साँफेबगरमा भने प्रदेशले नयाँ एम्बुलेन्स पठाएको छ ।’ 


 

561
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.