2026/04/29

एमाले लुम्बिनी अधिवेशन : मतदान जारी, पोखरेल र पौडेल समूहबीच प्रतिस्पर्धा

Admin

२०८०-०५-१९

515
Shares

बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा पदाधिकारी चयनमा सहमति जुट्न नसकेपछि मतदान भइरहेकाे छ।

अधिवेशनअन्तर्गत बिहान साढे ९ बजेदेखि नेतृत्व चयनका लागि मतदान जारी रहेकाे निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन्।

एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिस्पर्धा हुँदैछ।

प्रथम अधिवेशनमै एमाले लुम्बिनीको गुटबन्दी छताछुल्ल हुने गरी गुटगत राजनीति चरम अवस्थामा देखिएको छ। सर्वसम्मत नेतृत्व चयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल पुगेपनि सफल हुन नसकेपछि आज निर्वाचन हुँदैछ। 

एमाले उपाध्यक्ष विष्णु पौडेल प्यानलबाट कँडेल समूह र महासचिव शंकर पोखरेल प्यानलबाट रिजाल समूह चुनावी मैदानमा उत्रिएको छ। पार्टीभित्र पौडेल र पोखरेलबीच प्रतिस्पर्धाजस्तो देखिएको छ।

अधिवेशनमा पाँच पदकाे लागि १४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

उम्मेदवारहरू

अध्यक्ष– राधाकृष्ण कँडेल, हरि रिजाल

उपाध्यक्ष– भोजप्रसाद श्रेष्ठ, पूजन विश्वकर्मा, विश्वराज बराल, शान्तकुमार वली

सचिव– लक्ष्मण आचार्य (निर्विरोध)

उपसचिव–खुलाः उपेन्द्रलाल कामी, पूर्ण बुढामगर, हिरा एसी, दुर्गाप्रसाद थारु,

उपसचिव–महिलाः बसन्ती अधिकारी, आरती पौडेल, लीला रानामगर
 

515
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.