2026/07/29

सुन तस्करी प्रकरण : भारतीय सीमा क्षेत्रबाट एकजना पक्राउ, काठमाडौं ल्याइँदै

Admin
Admin

२०८०-०५-१९

620
Shares
सुन तस्करी प्रकरण : भारतीय सीमा क्षेत्रबाट एकजना पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौँ, १९ भदौ

हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । 

रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । 

ब्यूरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज काठमाडौँ ल्याउँदै गरेको र समय पुगेमा आजै म्याद थप हुने पनि उनले बताए ।

यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न सकिएको थिएन । उनका बारेमा सूचना सङ्कलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताए ।

सुन तस्करी प्रकरणको सूचना सङ्कलनका लागि प्रहरीको एउटा टोली भारत गएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङ्कङ जानुभएको छ । उहाँहरुले अहिले पनि तस्करीका सूचना सङ्कलन जारी राखेको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लौजन लागेका बेला काठमाडौँको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो ।

ब्रेक शुभित्र लुकाएर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ ।

620
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja