2026/04/29

कांग्रेस सहमहामन्त्रीमाथि धारिलो हतियारबाट सांघातिक आक्रमण

Admin

२०८०-०५-२०

487
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए ।

सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ । भृकुटीमण्डपमा रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा एक व्यक्तिले खुकुरी प्रहार गरेको क्लबका सचिव ईश्वर कार्कीले जानकारी दिए । 

 

 

 

487
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.