2026/07/30

कोशी प्रदेशमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्चको परमादेश 

Admin
Admin

२०८०-०५-२१

550
Shares
कोशी प्रदेशमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्चको परमादेश 

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबैभन्दा ठुलो दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न आदेश दिएको छ।

न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको इजलासले संविधानको धारा १६८को उपधारा २ अनुसार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन नसकेकाले उपधारा ३ अनुसार धेरै सांसद भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा आदेश गरेको हो।

सर्वोच्चमा एमालेले विश्वासको मत बदर भई उपधारा ३ अनुसार सरकार निर्माण हुनुपर्ने माग गर्दै रिट दायर गरेको थियो। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले रिट जारी हुने आदेश गरेको हो। 

योसँगै मुख्यमन्त्री उद्धव थापाले दोस्रो पटक मुख्यमन्त्री पद गुमाएका छन् ।

 

550
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja