2026/09/14

अमेरिकी सेनाको टोली काठमाडौंमा

Admin
Admin

२०८०-०५-२१

607
Shares
अमेरिकी सेनाको टोली काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाको एक टोली काठमाडौं आइपुगेको छ। नेपाली सेनासँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी वायु सेवा निगमको विशेष जहाजबाट उनीहरू काठमाडौं आइपुगेका हुन्।

नेपाली सेना र अमेरिकी सेनाबीच भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुँदैछ। संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ।

सैन्य अभ्यासमा नेपालीका सेनाका तर्फबाट ३० जना र अमेरिकी सेनाको तर्फबाट १२ जना सहभागी हुनेछन्। नेपाली सेनाले बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।

चिनियाँ जनमुक्ति सेनासँगको सैन्य अभ्यास भने अहिले हुन सकेको छैन। कोरोना भाइरसका कारण रोकिएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको तयारी भइरहे पनि दुवै पक्षले मिति तय गरेका छैनन्।

607
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja