2026/08/24

सुन तस्करीमा संलग्नविरुद्ध विभिन्न सात शीर्षकमा मुद्दा

Admin
Admin

२०८०-०५-२७

501
Shares
सुन तस्करीमा संलग्नविरुद्ध विभिन्न सात शीर्षकमा मुद्दा

काठमाडौं ,साउन ३ गते बरामद भएको करिब ६१ केजी सुन तस्करी प्रकरणमा मुछिएका ५० जनाविरुद्ध विभिन्न सातवटा मुद्दा चलाइने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली र विभिन्न देशका नागरिकसहित ५० जनाविरुद्ध विभिन्न सात शीर्षकमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको हो। 

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले सुन तस्करीमा जोडिएका व्यक्तिहरुविरुद्ध उनीहरुले गरेको अपराधको प्रकृतिअनुसार विभिन्न शीर्षकमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालिएको बताएकी छन्।  सुन तस्करी प्रकरण : ५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय, बिगो ३ अर्ब ५० करोड

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साउन ३ गते बरामद करिब ६१ केजी सुन प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको जानकारी दिइन्।

उनका अनुसार यो प्रकरणमा हालसम्म सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएकाले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिइएको छ। सुन तस्करी प्रकरण : यसरी गरेको थियो सीआईबीले अनुसन्धान

साउन ३ गते बरामद भएको करिब ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्युरो (सीआईबी) ले फरक फरक टोली बनाएर अनुसन्धान गरिएको जनाएको छ।सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले साउन ३ गते बरामद भएको उक्त सुन प्रकरणको अनुसन्धानका लागि आफूहरुले घटनाको १९ औँ दिनमा फाइल बुझेको बताइन्।

राजस्व अनुसन्धान विभागले १९ दिनसम्म अनुसन्धान गरेर पक्राउ परेका १६ जनासहित उक्त प्रकरणको फाइल सीआईबीलाई बुझाएको थियो।साउन २२ गते सीआईबीको जिम्मामा यो मुद्दा आएपछि अनुसन्धानका क्रममा थप ३१ जनालाई पक्राउ गरेको थियो। सीआईबीले १६० थान ब्रेक प्याडसहित बरामद आठ कार्टुनबाट करिब ६१ केजी सुनको अनुसन्धानका क्रममा तस्करीमा संलग्नले ३ अर्बभन्दा धेरैको भित्र्याएको पाइएको जनाएको छ।

यो प्रकरणको अनुसन्धानका लागि सीआईबीले सुरुमा ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको कमान्डमा अनुसन्धान टोली बनाएको थियो। त्यसपछि अनुसन्धानको दायरा फराकिलो बनाउने क्रममा सीआईबी प्रमुख बज्राचार्यले प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलले संयोजन गर्ने गरी अर्को टोली गठन गरेकी थिइन्। 

‘यो प्रकरणमा धेरै जटिलता देखिएपछि हामीले यसका नेक्सस र कम्प्लिकेशनको गहिराईसम्म अनुसन्धान गर्न म आफैँले नेतृत्व गर्नुपरेको थियो’, बज्राचार्यले  भनिन्, ‘प्रविधिको प्रयोग र वैज्ञानिक रुपमा अनुसन्धान अघि बढाउन मेरै  नेतृत्वमा अर्को टोली  बनायौँ।’सीआईबीबाट यो प्रकरणको अनुसन्धानका लागि ४२ जनाको टिमले काम गरेको बज्राचार्यले बताइन्। ‘४२ जनाको टिमले ३५ औँ दिनसम्म अनुसन्धान गरेको छ’, उनले भनिन्, ‘आज जिल्ला सरकारी वकिलसमक्ष प्रतिवेदन पेश गर्दैछौँ। अनुसन्धानका क्रममा यसको नेचर, नेक्सस र टेक्निकल पार्ट पनि हेरेका छौँ।’ 

४२ जनाको टोलीले प्राविधिक पाटो हेर्दै डिजिटल, इलेक्ट्रोनिक र फाइनान्सियल पाटोमा पनि अनुसन्धान भएको सीआईबीले जनाएको छ।  ‘हामीले दैनिक १८ घण्टा काम गरेका छौँ। ४२ जनाको टिमबाहेक अर्को पनि थियो अनुसन्धान टिम, जसले टेक्निकल टिमले आएको कुरा खोजी गर्यो’, उनले भनिन्, ‘त्यसपछि अप्रेशनल टिमले विभिन्न ठाउँमा गएर बरामद र पक्राउ गर्ने, भेरिफाई गर्ने काम भयो, अनुसन्धान पनि गरियो।’त्यसपछि डीआईजी पोखरेलकै नेतृत्वमा अनुसन्धानको डकुमेन्टेशन टिम बनाइएको थियो। जसले जिल्ला सरकारी वकिलको कार्यालयसँगको परामर्शमा फाइल तयार गरेको थियो। 

यो प्रकरणमा सीआईबीले देश तथा विदेशमा पनि अनुसन्धानका लागि इन्टरपोलसँग जोडिएको नेपाल प्रहरीको एनसीबीको टिमसँग पनि सहयोग लिएको थियो।

501
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja