2026/09/15

‘भारतको दबाबमा संविधान जारी नहुने चिन्तामा थिए सुवास नेम्वाङ’

Admin
Admin

२०८०-०५-२८

599
Shares
‘भारतको दबाबमा संविधान जारी नहुने चिन्तामा थिए सुवास नेम्वाङ’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी हुनबाट रोक्ने अनेक प्रयास गरिएको बताएका छन् । 

अध्यक्ष ओलीले नेम्वाङको अन्त्येष्टि गरेर पशुपति आर्यघाटबाट फर्केपछि आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाउँदै उक्त कुरा सामाजिक सञ्जालमा लेखेका हुन् । 

'सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनुभएको रहेछ । उहाँलाई मैले तपाईं ३ गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ', उनले सम्झिएका छन् । 

ओलीले भारतीय विदेश सचिव (वर्तमान विदेशमन्त्री एस जयशंकर) आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलिक अत्तालिँदै मलाई भेट्न आएको उल्लेख गरेका छन् । 

'उहाँले अलि हडबडाउँदै भन्नुभयो, ‘डरलाग्दो स्थिति छ, ३ गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै बर्बाद हुनेछ । यस्तो भयो भने त देश नै सकिन्छ', ओलीले सम्झिएका छन् ।

दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दबाब रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूलाई भेटन आउँदा सधैँ शान्त रूपमा प्रस्तुत हुने नेता नेम्वाङ त्यो दिन कडारूपमा प्रस्तुत हुनुभएको बताएका छन् । 

अध्यक्ष ओलीले संविधान जारी भएपछि नाकाबन्दी भएको भन्दै भनेका छन्, 'हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !'

 

599
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja