2026/08/24

बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारक हुन् : पूर्वराष्ट्रपति भण्डारी

Admin
Admin

२०८०-०५-२९

538
Shares
बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारक हुन् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छन्। राष्ट्रिय बाल दिवसको शुभकामना दिँदै उनले बालबालिकाहरू भविष्यका नेता, नीति निर्माता र आविष्कारक समेत भएको धारणा राखेकी हुन्।

‘भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्ति उनीहरूको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाको लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्त्व रहेको कुरामा म जोड दिन चाहन्छु । मानिसको जीवनका प्रारम्भिक वर्षहरू, अर्थात् बाल्यकालमा नै उनीहरूको मूल्यमान्यता, चरित्र, अनुशासन र सीपहरूले आकार ग्रहण गर्दछन् ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘बालबालिका आज हामीले रोप्ने बीउ जस्तै हुन् । सही हेरचाह र उचित पालनपोषणसँगै तिनीहरू बलियो र जीवन्त रूख बन्नेछन्, जसले भविष्यमा समाज र राष्ट्रको लागि विकास र समृद्धिको फल फलाउँनेछन् । ’
उनले अभिभावक, शिक्षक, नीति निर्माता र नागरिक समाज लगायत सबै सरोकारवालाहरूलाई बालबालिकाको सर्वाङ्गीण विकासको लागि समन्वय र सहकार्य गर्न आग्रह गरेकी छन्। 

संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाउने गरिएको छ। यस वर्ष “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने मूल विषयका साथ राष्ट्रिय बालदिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ । 

538
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja