अछाम - वर्षाका अछामका ग्रामिण सडकहरु बन्द भएका छन् । स्थानीय तहको प्राथमिकतामा सडक नै परेपछि प्रत्येक टोलटोलमा वातावरणीय प्रभाव अध्ययन नगरी बनाइएका सडकले पहिरोको जोखीम पनि निम्तयाएको छ । वर्षातका कारण कच्ची बाटो भत्किएर हिलाम्मे मात्रै भएका छैनन् । सडकलाई नै पहिरोले बगाएको छ ।
गाउँगाउँमा सडक पुर्याउने मुख्य योजना बनाएका अछामका स्थानीय सरकारको होडबाजीले आर्थीक वर्ष सकिन केहिसमय रहदा पनि जथाभावी डोजर चलाउन छोडेका छैनन् । कतिपय स्थानीय तहले उपभोक्ता समितिमार्फत योजनाविना नै अनुमानका भरमा सडक निर्माण गरिरहेका छन् भने कतिपय ठाउँमा प्राविधिक बिना नै सडक बनेका छन् ।
अछामका स्थानीय सरकारले सडकलाई प्राथमिकतामा राखेर ट्रयाक खोल्न सुरु गरेपछि जथाभावी डोजर चल्न थालेका हुन् । नयाँ सडक निर्माण मात्रै होइन, पुराना सडकको मर्मतमा पनि डोजरकै प्रयोग भइरहेको छ । तर, कुनै पनि स्थानीय सरकारले डोजर प्रयोगको मापदण्ड भने बनाएका छैनन् । ‘कतिपय जनप्रतिनिधिका आफ्नै डोजर छन् । आफ्नो फाइदाको लागि जथाभावि प्रयोग गरिरहेका छन् । पानीका मुहान सुक्ने , बाढी पहिरो जाने जस्ता वातावरणलाई असर पार्ने कुरामा उनीहरुको ध्यान छैन ।’ एक कर्मचारीले भने ।
मंगलसेन नगरपालिका भित्र करिब ७२ किलोमिटर ग्रामिण सडर रहेको इन्जिनियर खम्म केसीले बताए । उनका अनुसार धेरैजसो सडक वर्षा बाहेकको समयमा सुचारु हुन्छन् । ‘ग्रामीण सडकमा नाली छैनन् । नालस् भएन भने वर्षामा सडर सुचारु हुन सक्दैन ’ उनले भने , ‘आगामी आर्थिक वर्षदेखि नगरका सबै ग्रामिण सडकमा नाली बनाउछौं ।’
विस्तृत प्राविधिक अध्ययन बिनै निर्माण भएपछि सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने अधिकांश सडक कोही पहिरोले भत्किएर त कोही कच्ची बाटोमा हिलाम्मे भएर अवरुद्ध भएका हुन् ।
कतिपय स्थानहरुमा साविकको भाडादर भन्दा झण्डै दोब्बर भाडा तिर्नुपर्ने बाध्यता भएका कारण पनि यात्रुहरु बढी मारमा पर्नुपरेको छ । रामारोशन गाउँपालिका ६ भाटाकाटियाका एकेन्द्र साउदले बताए । ‘मान्छेले खनेर बाटो बनाएकाले मंगलसैनबाट मुजाबगर हुँदै साविकको रामारोशनसम्म मात्र गाडि जान्छ ’ भाटाकाटियाका महेन्द्र साउदले भने, ‘मंगलसेनबाट ७ घण्टा पैदल यात्रा गर्नुपर्छ । जंगलको बाटोमा एक्लै हिड्दा असुरक्षीत महसुस हुन्छ ।’
डोजर प्रयोग गरेर निर्माण गरीएका सडकमा पहिरो जाने र अन्धाधुन्ध निर्माण गरीएकाले गाडि नचल्ने गरेको स्थानीयको गुनासो छ । ‘डोजर प्रयोग गर्नु भन्दा बेरोजगार युवाहरुलाई परीचालन गरेर सडक निर्माण गर्नुपर्छ भनेर आवाज उठाउँदा कसैले सुन्दैनन् ।’ साउदले भने ,‘डोजर प्रयोग गरेको एक महिनामा नै पहिरो जान सुरु हुन्छ ।’
असाढबाट गाडि चल्न बन्द हुने ग्रामिण सडक असोजमा मात्रै फेरी संचालनमा आउदा बिरामि, गर्भवती, बालबालिका र वृदवृदालाई असजिलो हुने गरेको स्थानीयको गुनासो छ । ‘राम्रो उपचारको लागि बयालपाटा अस्पताल आउनुपर्छ । त्यहाँ पुग्न एक दिन पुरै लाग्छ ।’ भाटाकाटियाकी भुमिका साउदले भनिन् ,‘ आपतकालिन अवस्थाका बिरामिको त ज्यान नै जोखिममा हुन्छ ।’
स्थानीय तहले कहाँ सडक बनाउने, कहाँ कुन साधनको प्रयोग गर्ने भन्ने मापदण्ड बनाएको छैन । अझ कतिपय सडक त प्राविधिकहरूले अध्ययन नगरी नै खनिएका छन् । ‘थुप्रै सडक विनामापदण्ड खनिएका छन् । सडकमा मनपरी छ, जथाभावी भइरहेको देखिन्छ,’ जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुवँरले भने । उपभोक्ता समितिलाई यसबारेमा जानकारी नभएकाले पनि समस्या भएको उनको भनाइ छ । नयाँ सडक निर्माण र डोजरको प्रयोगमा कडाइ गरिने उनले बताए ।
‘अब नयाँ सडक निर्माण गर्दा मापदण्डविना ट्रयाक नै खोल्न नदिने योजना बनाउने तयारी भइरहेको छ,’ उनले भने । यसअघि जथाभावी खनिएका सडकलाई पनि सडक मापदण्डबमोजिम पुनर्निर्माण गर्न लगाउने उनको भनाइ छ । ट्रयाक खोल्न र जथाभावी डोजर चलाउदा विनाश भइरहेको उनले बताए । ‘अब पूर्वअध्ययन नगरी कुनै पनि ठाउँमा सडक खन्न र डोजर लगाउन दिनेछैनौं,’