2026/08/25

शीतल निवासमा रामकुमारी : नारायणकाजीलाई नमस्ते गरिन्, माधव र झलनाथतर्फ फर्केर हेरिनन्

Admin
Admin

२०८०-०६-०३

577
Shares
शीतल निवासमा रामकुमारी : नारायणकाजीलाई नमस्ते गरिन्, माधव र झलनाथतर्फ फर्केर हेरिनन्

संविधान दिवसको अवसर पारेर बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा विशेष कार्यक्रम आयोजना गरे।

असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएको ८ वर्ष पुगेर ९ लागेको अवसरमा शीतल निवासमा भव्य कार्यक्रम भइरहेको छ। कार्यक्रममा सरकारका मन्त्रीहरू, कूटनीतिक नियोग, राजनीतिक दलका प्रमुखसहित उच्च पदस्थ कर्मचारी र नेताहरू पनि निम्त्याइएका छन् ।

उक्त कार्यक्रमका लागि बनाइएको मञ्चको पहिलो लहरमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का बसेका छन्।दोस्रो लहरको दायाँतर्फ सरकारका मन्त्रीहरु छन्। यस्तै, बायाँतर्फ पूर्वप्रधानमन्त्रीसहित पार्टीका प्रमुखको कुर्सी मिलाइएको छ।

दोस्रो तहका नेताहरुलाई त्यसपछाडि लहरमा राख्न कुर्सी मिलाइएको छ।  तेस्रो लहरमा पूर्वसभामुख तथा उपसभामुख राखिएका छन्। यस्तै चौथो लहरमा विभिन्न आयुक्तहरुलाई राखिएको छ। नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्री पाँच बजेतिर शीतल निवास आइपुगिन्।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नमस्कार गरिन्। श्रेष्ठले पनि हार्दिकतापूर्वक फर्काए।तर, नारायणकाजी सँगै रहेका समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई उनले न त नमस्कार गरिन्, न त कुनै सम्बोधन गरेर बोलिन्।अर्कातिर नेपाल र खनाल पनि समाजवादी पार्टीकी सचिवसमेत रहेकी झाँक्रीको आगमन हुँदा प्रतिक्रियाविहीन देखिन्थे।

577
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja