2026/08/24

काठमाडौँको सडकमा शिक्षकहरूको आन्दोलन

Admin
Admin

२०८०-०६-०३

532
Shares
काठमाडौँको सडकमा शिक्षकहरूको आन्दोलन

काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको छ । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।

महासंघले आन्दोलनमा सहभागी हुन बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ ।

महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । महासंघको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ ।

532
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja