2026/07/31

बिर्तामोडमा खुल्यो भाटभटेनीको शाखा, एमाले अध्यक्ष ओली पनि पुगे

Admin
Admin

२०८०-०६-०४

457
Shares
बिर्तामोडमा खुल्यो भाटभटेनीको शाखा, एमाले अध्यक्ष ओली पनि पुगे

मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपरमार्केटले आफ्नो २६ औँ शाखा झापाको बिर्तामोडमा सञ्चालयनमा ल्याएको छ ।

उक्त सुपरमार्केटको शाखा सञ्चालनमा ल्याउँदा सञ्चालक मीनबहादुर आफैँ त्यहाँ पुगेका थिए।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना आरोपमा करिब ६० दिन प्रहरीको हिरासतमा बसेर छुटेलगत्तै गुरुङ व्यवसाय विस्तारमा सक्रिय भइसकेका छन् । 

शाखाको अवलोकनमा बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् ।

दमकमा अयोजित समृद्ध नेपाल सुखी नेपाली विषयक अन्तर मावि वक्तृत्वकला तथा साक्षत्कार कार्यक्रममा सहभागी भएपछि ओलीले भाटभटेनी सुपरमार्केटको अवलोकन गरेका हुन्।

ओलीसँग पार्टीका नेताहरु विशाल भट्टराई, अग्नि खरेल लगायत भाटभटेनी अवलोकनमा पुगेका थिए।

ओली नेतृत्वको टोलीलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले स्वागत गरे।

अवलोकनका क्रममा ओलीले केही किनमेल पनि गरे। ओलीले सञ्चालक गुरुङसँग भलाकुसारीसमेत गरे।

बिर्तामोडको सुपरमार्केटमा स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फुट्वेर, फुडकोर्ट, मल्टिप्लेक्स सिनेमा हल र बालबलिकालाई किडजोन तथा स्केट पार्क लगयत सुविधा छन्। 

457
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja