राजधानीमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पाकिस्तान माल्दिभ्ससँग बराबरी खेल्दै सेमिफाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पाकिस्तानले माल्दिभ्ससँग १–१ गोलको बराबरीमा खेल्दै सेमिफाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो ।
समूह ‘ए’ मा रहेको पाकिस्तान दुई खेलमा चार अङ्क जोड्दै सेमिफाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको थियो ।