2026/08/24

बर्दियामा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-०६

644
Shares
बर्दियामा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ खातामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भदैया थारु रहेकी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 

उनका अनुसार मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएका बेला थारुलाई माटोको ढिस्कोले पुरेको थियो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

644
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja