2026/07/29

विप्लवको कटाक्ष : देशलाई स्विटजरल्याण्ड बनाउँछु भन्ने प्रचण्ड गरिबहरुका अध्यक्ष बने

Admin
Admin

२०८०-०६-०६

484
Shares
विप्लवको कटाक्ष : देशलाई स्विटजरल्याण्ड बनाउँछु भन्ने प्रचण्ड गरिबहरुका अध्यक्ष बने

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरिब देशहरुको अध्यक्ष बन्दा पनि खुसी मानेको टिप्पणी गरेका छन् ।

प्रगतिशील कानुन व्यवसायी एसोशियसनको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुकलाई स्वीजरल्याण्ड बनाउँछु भन्नेहरु गरिब देशको अध्यक्ष बनेको बताएका हुन् ।

‘१० वर्षमा स्विटजरल्याण्ड बनाउने भन्यौँ, कसैले सिंगापुर बनाउने बताए । अहिले प्रचण्ड कमरेड गरिब देशहरुको अध्यक्ष बनिराख्नु भएको छ । त्यसमा गौरव गर्छु भन्दै हुनुहुन्थ्यो । ठीकै छ ,’ उनले भने ।

जमिन, उत्पादकत्व नभएर नेपालीहरु पछि नपरेको उनले बताए । कानुन र मानव अधिकार नभएका कारण नेपालीहरु समस्यामा रहेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी अन्याय सहेर भोकभोकै मर्नेभन्दा पनि विद्रोह गरेर कानुन बदल्ने पक्षमा रहेको उनले बताए ।

 

 
484
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja