2026/09/13

शिक्षकसँगको सहमति कार्यान्वयन मेरो हातमा छैन, संसद्ले गर्ला : शिक्षामन्त्री राई

Admin
Admin

२०८०-०६-०६

510
Shares
शिक्षकसँगको सहमति कार्यान्वयन मेरो हातमा छैन, संसद्ले गर्ला : शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको ६ बुँदे सहमति कार्यान्वयन गर्ने नगर्ने सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) को २०औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री राईले संसद्‍मा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने बताए। 

उनले शिक्षकसँगको सहमति कार्यान्वयन गर्ने कुरा आफ्नो हातमा नरहेको  बताउँदै त्यसका लागि सरकारले सहजीकरण गर्ने पनि बताए

'नेपाल शिक्षक महासङ्घसँग भएको ६ बुँदे सहमति कार्यान्वयन मेरो हातमा मात्रै छैन', उनले भने, 'सार्वभौम संसद्का सदस्यको हातमा रहेको छ।'

510
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja