2026/08/24

भासु भीरमा बाइक खस्दा चालकको मृत्यु

Admin
Admin

२०८०-०६-०६

589
Shares
भासु भीरमा बाइक खस्दा चालकको मृत्यु

धनगढी । कैलालीको चुरे गाउँपालिका-५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ।

हिजो(शुक्रबार) बेलुकी भीमदत्त राजमार्गमा बुडरतर्फ जाँदै गरेको से६प ८७२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भीरमा खसेको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक डोटीको जोरायल गाउँपालिका-१ बस्ने १९ वर्षीय भीमबहादुर बिकको आज (शनिबार) बिहान मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भीमको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। पद्मा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई निसर्ग पुगाइएको थियो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार सोही ठाँउका ४५ वर्षीय ओम प्रकाश सुनारको पनि पद्मा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि निसर्ग अस्पताल धनगढीमा ल्याएर उपचार भइरहेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

589
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja