2026/09/14

क्यान निर्वाचन : अध्यक्षमा चन्द निर्विरोध

Admin
Admin

२०८०-०६-०६

636
Shares
क्यान निर्वाचन : अध्यक्षमा चन्द निर्विरोध

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।  शनिबार जारी चुनावी प्रक्रियामा अध्यक्षका प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी नै दर्ता नगरेपछि चन्द निर्विरोध भएका हुन्।

यसअघि उनले अध्यक्षमा उठ्ने घोषणा गरेका थिए। अध्यक्षको उम्मेदवार हुन ६ जना प्रस्तावक चाहिने भएकाले संख्या नपुगेपछि उनले उम्मेदवारी नै दर्ता गर्न सकेनन्। 

सचिवमा चन्द प्यानलबाट राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले उम्मेदवारी दिएका छन्। पारसविरुद्ध केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षमा पनि रोशन सिंह निर्विरोध निर्वाचित भएका छन्। 

कोषाध्यक्षमा चन्द प्यानलबाट पदम खड्का निर्विरोध भएका छन्।महिला सदस्यमा सुदूरपश्चिमकी जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी छन्। यसअघिको कार्यकालमा पनि जयन्ती पनि निर्विरोध भएकी थिइन्। 

क्यानका लागि १७ सदस्यीय कार्यसमितीका लागि आज निर्वाचन हुँदै छ। १९ सदस्यमध्ये २ जना भने राष्ट्रिय खेलकुद परिषद् राखेपले मनोनयन गर्नेछ।

 

636
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja