2026/08/25

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

Admin
Admin

२०८०-०६-०७

639
Shares
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो।

सडक शनिबार दिउँसोदेखि अवरुद्ध भएपछि पूर्वीरुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङलगायतका स्थानमा छुटेका मालवाहक तथा सवारीसाधन सडकमा ठप्प भएका छन्।लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन्। रातभर भारी वर्षा भएको अहिले केही कम भएको हुँदा खुलाउने प्रयास भएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि जानकारी दिए।

बाढीले करिब दुई सय मिटर कालोपत्र सडकमा क्षति पुर्याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उनले बताए । बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उनको भनाइ छ।

यो ठाउँमा पानी पर्यो भने माथिबाट लेदोसहितको ठूलो बाढी, बाढीले एकै छिनमा सबै सडक पुरिदिन्छन्, सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र पर्दै आएका छन्, बर्खा लागेपछि अहिलेसम्म धेरै पटक यहाँ बाढी आएर सडक अवरुद्ध बन्यो, जतिपटक बाढीले सडक अवरुद्ध बनाउँछ, त्यतिपटक लोकमार्गसँग सहकार्य गरेर खुलाएका छौँ’, अध्यक्ष पौडेलले भने, ‘अब केही छिनमा सडक खुल्ने छ, आज पनि वर्षा होलाजस्तो छ।”

639
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja