2026/08/24

देउवालाई प्रदीपको सुझाव : बैठकका निर्णयमा मात्रै सीमित हुने होइन, काम गर्न सरकारलाई निर्देशन दिनुहोस्

Admin
Admin

२०८०-०६-०७

573
Shares
देउवालाई प्रदीपको सुझाव : बैठकका निर्णयमा मात्रै सीमित हुने होइन, काम गर्न सरकारलाई निर्देशन दिनुहोस्

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले देशको आर्थिक अवस्था डामाडोल भएको बताएका छन्। आइतबार कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता पौडेलले देशको आर्थिक अवस्था सन्तोषजनक नभएको भन्दै सरकार, नीजि क्षेत्र र आम नागरिकबीच सहकार्य आवश्यक भएको बताएका हुन्।

'रेमिट्यान्स भित्रिएकोमा र विदेशी मुद्रा संचिति भएकोमा हामीले समस्या हल भएको भनेर बुझिरहेका छौं,'उनले भने,' त्यो होइन, बाह्य समस्या केही हदसम्म समाधान भएपनि भित्रि समस्या झन् झन् बढ्दै गएको छ। यसमा खुसी हुनुपर्ने अवस्था छैन।'

बैंकमा ४ खर्ब रुपैयाँ संचिति रहेको भएपनि पैंसा बजारमा नआउनु ठूलो समस्या भएको उनले बताए।  चाडपर्वका बेला महंगी बढेको भन्दै बजार अनुमगनमा सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ।

'३५ प्रतिशत सटहरू बन्द भएको व्यवसायीहरूले बताएका छन्। खाद्यान्नमा महंगी १४ प्रतिशतले बढेको छ। एक बोरा चामलमा  तीन सयसम्म बढेको छ। बैठकले गरेका निर्णयमा मात्रै सीमित नभएर सकारलाई यो काम गर भनेर सभापतिले  भन्नसक्नुपर्यो,'उनले भने।

नेता पौडेलले अनुशासन समितिले पद्धतिभन्दा बाहिर गएर आफूखुसी निर्यण गरेको आरोप लगाए। उनले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राम्रो काम गर्न नसकेको आरोप लगाए।

 

573
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja