2026/05/01

सुन तस्करी प्रकरण : छानबिन आयोग गठनबारे दलहरू छलफलमा

रायबर अनलाइन

२०८०-०६-०७

487
Shares

काठमाडौं । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूको बैठक बसिरहेको छ । रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको बैठक बसेको हो । 

यसअघि शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले नेताहरूसँग गरेको छलफलमा कुरा नमिल्दा आयोग गठन हुन सकेको थिएन ।  

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित प्रमुख दलका सचेतक प्रमुख सचेतक सहभागी रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । 

सुन तस्करी छानबिनका लागि पूर्व सहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगाउँदै आएको छ । 

एमालेले आयोगलाई छानबिनको पूर्ण अधिकार दिनुपर्ने माग गर्दै आएको छ भने सरकार पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

487
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.