2026/08/25

प्रधानमन्त्री प्रचण्ड र सीपीसीका राजनीतिक ब्यूरो सदस्य जियाजुनबीच भेटवार्ता

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-०९

535
Shares
प्रधानमन्त्री प्रचण्ड र सीपीसीका राजनीतिक ब्यूरो सदस्य जियाजुनबीच भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा सीपीसी चोङकिङ नगरका सचिव युआन जियाजुनबीच चोङकिङमा मंगलबार(आज) भेटवार्ता भएको छ।

आज नै प्रधानमन्त्री प्रचण्डले चोङकिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सको अवलोकन भ्रमण गरेका छन्।

भ्रमणमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली सहभागी थियो। प्रधानमन्त्रीलाई छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सका पदाधिकारीले स्वागत गरेका थिए ।

त्यहाँ प्रधानमन्त्री प्रचण्डले वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे जानकारी लिए।

535
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja