2026/08/25

नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुँदै

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-१३

714
Shares
नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ। देउडा सांस्कृतिक मञ्चले शनिबार(आज) काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो।

सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रुपमा रहेको टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताए। 

उनले भने,  ‘यो ४र५ वर्षको प्रयासमा कोसिस गरेर यो कार्यक्रम हुन गइरहेको छ। यसको पत्रकार सम्मेलन गर्न गइरहेका छौं। यो कार्यक्रम एकदम सफल हुन्छ भनेर मैले पूर्ण विश्वास लिएको छु। सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन उहाँले जुन कोसिस गर्नुभयो। यो पहिलो कार्यक्रम हो। यसले त्यहाँको भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरूलाई सो कार्यक्रममा सहभागी गराइनेछ। कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रुपमा चयन गरिएको छ। कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने पनि देउडा सांस्कृतिक मञ्चले जनाएको छ।

714
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja