2026/08/25

एमाले कर्णाली अधिवेशन : नामावली प्रकाशन नभएपछि भोट माग्दै उम्मेदवार

Admin
Admin

२०८०-०६-१३

534
Shares
एमाले कर्णाली अधिवेशन : नामावली प्रकाशन नभएपछि भोट माग्दै उम्मेदवार

नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन समय लम्बिएको छ। दिउँसो साढे १ बजेटबाट मतदान गर्ने भनिए पनि अपरान्ह साढे ४ बजेसम्म पनि मतदान हुन सकेको छैन।

यसअघि प्रदेश निर्वाचन कमिटीले शनिबार बिहान साढे ८ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १२ बजेबाट मतदान गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।

तर, यो समाचार तयार पार्दासम्म निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली नै प्रकाशित गर्न सकेको छैन्।  मतदानको लागि कुनै तयारी नभएपनि उम्मेदवारहरू प्रतिनिधिसँग भोट माग्दै हिँडेका छन्। एमाले कर्णाली प्रदेश कमिटी १३० सदस्यीय बन्ने छ। जसमा पदाधिकारी पाँच जना, अन्य सदस्यहरू १२५ जना निर्वाचित हुनेछन्। 

534
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja