2026/08/25

जसको पैसा उसकै नीति बन्यो :सभापति लामिछाने

Admin
Admin

२०८०-०६-१३

545
Shares
जसको पैसा उसकै नीति बन्यो :सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक मुलुकले बाटो बिराउँदा देशको हालत बिग्रिएको बताए।राज्यको ढुकुटी लुटेर भातृ संगठन, नेता तथा कार्यकर्तालाई मात्र पक्षपोषण गरेको भन्दै उनले अब जनताले सोच्ने बेला आएको बताए। 

नेपालगन्जको नगर भेलालाई सम्बोधन गर्दै उनले गलत नेतृत्वकर्ता नहुँदा ठूलो संख्यामा युवाहरू बिदेसिन बाध्य भएको उनले जनाए।संविधान दिवसका दिन गुन्डा नाइके भनिने रिगलको रिहाइको पनि विरोध गरे । साथै जसले पैसा दिन्छ उसकै लागि नीति बन्ने गरेको उनलेआरोप लगाए।जनताले सिटामोल नपाउने वाद नहुने भन्दै उनले भने, नेपालीको दुःख र पीडा नबोल्ने वाद म जान्दिन।

यस्तै केन्द्रीय सदस्य रमेश प्रसाईँले पनि सक्षम र योग्य डाक्टर नहुँदा जन्मभूमिकाको उपचार गर्न खाँचो भएको बताए।पुराना दलहरूले देशलाई थिलथिलो पारेको भन्दै अब सक्षम र योग्य डाक्टरले जन्मभूमिको उपचार गर्नु पर्ने जनाए।

545
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja