2026/08/25

ओलीले भने : गठबन्धन सरकार खुँडा र एसिड हान्ने अपराधीहरुलाई पुरस्कृत गर्दैछ

Admin
Admin

२०८०-०६-१६

539
Shares
ओलीले भने : गठबन्धन सरकार खुँडा र एसिड हान्ने अपराधीहरुलाई पुरस्कृत गर्दैछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको कार्यशैलीलाई लिएर तीव्र आलोचना गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा उनले सरकारको कडा आलोचना गरेका हुन्।

उनले नेपालगञ्जका चेतन मानन्धरलाई बजारमा लखेटी लखेटी हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई माफी दिएर सरकारले अराजकता निम्त्याएको बताए।

रिगललाई माफी दिएपछि अहिले नेपालगञ्ज आतंकित रहेको उनले बताए। उता पर्साकी मुस्कान खातुनलाई एसिड हान्ने घटनाका दोषीलाई पनि सरकारले माफी दिएकोमा उनले आपत्ति जनाए। 

‘मेरै सरकारको पालामा एसिडासम्बन्धी कडा कानुन बनाएको थियो। तर अहिले एसिडपीडित मुस्कान खातुन उपचारमा रहेकै बेला माफी दिइएको छ’, उनले भने, ‘अहिले मुस्कान पेटको मासु काटेर घाउको उपचार गर्दैछिन्। यता सरकार अपराधीलाई आधा सजाय नहुँदै माफी दिन्छ।’

539
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja