2026/08/26

सुदूरमा फेरि ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प, विद्यालयका भवन भत्किए

Admin
Admin

२०८०-०६-१६

576
Shares
सुदूरमा फेरि ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प, विद्यालयका भवन भत्किए

धनगढीः सुदूरपश्चिममा फेरी ६ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको छ। आज (मंगलबार) दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ। बझाङमा विभिन्न क्षेत्रका घरहरू चर्किएको जानकारी आएको छ भने केहि विद्यालयका भवनहरु भत्किाएका छन्।

यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो। पटक–पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन्। भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ।

बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्पले बझाङको बाल विकास मावि जयपृथ्वी नगरपालिका–४ गोलाइको भवन भत्किएको छ। कुनै मानवीय क्षति भने भएको विवरण प्राप्त भएको छैन्।

तर भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार मंगलवार दिउँसो २ बजेर ४ मिनेटमा ५ दशमल्व ३ म्याग्निटिउडको भूकम्पको केन्द्र तलकोट बझाङ हो भने ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ म्याग्निटिउडको भूकम्पको केन्द्र चैनपुर क्षेत्रमा रहेको छ।

 तस्वीर स्रोतः नरेन्द्रराज उपाध्याय 

 

576
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja