काठमाडाैं - रास्वापाका अध्यक्ष रवि लामिछाने बुधबार भुकम्पले क्षति पुगेको बझाङ जिल्ला पुगेका छन् । उनी आज राति नै भकम्प गएको केन्द्रबिन्दु चैनपुर पुग्नेछन् ।
सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ..
भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौं , सकेको पहल गर्नेछौं । रास्वपा बझाङका साथीहरू हिजै देखि सहयोगमा जुट्नु भएको छ।
खानी तथा भूगर्भ विभागले मंगलबार बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्प गएको जनाएको छ। अपराह्न ३ बजेर ६ मिनेट जाँदा गएको भूकम्पको धक्का बझाङ आसपासका जिल्लाहरू सहित भारतीय राजधानी नयाँ दिल्लीसम्म महसुस भएको थियो।