2026/08/25

अछाम पुगेका माओवादी सचिव आचार्य अचानक अस्वस्थ, काठमाडौं ल्याइँदै

Admin
Admin

२०८०-०६-१७

551
Shares
अछाम पुगेका माओवादी सचिव आचार्य अचानक अस्वस्थ, काठमाडौं ल्याइँदै

नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् ।

पार्टीको तीन महिने अभियानका लागि अछामको साँफेबगर पुगेका उनी बुधबार बिहान एक्कासी अस्वस्थ भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए।  प्युठानका आचार्य अहिले माओवादीका सुदूरपश्चिम इन्चार्ज हुन्। 

‘साँफेबगरको एउटा होटलमा बसिरहँदा उहाँको एक्कासि बोली बन्द भयो। शरीरको एक भाग चलाउन गाह्रो भयो,’ भट्टले भने, ‘त्यसपछि हामीले उहाँलाई बयलपाटा अस्पताल पुर्‍यायौं। त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेजमा देखायौं। अहिले काठमाडौं ल्याउने तयारी भइरहेको छ।’

उनलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको उनले बताए। आचार्यको दाहिन भागमा प्यारालाइसिस भएको आशंका गरिएको छ। ‘नेपालगञ्जमा उपचार सुरू त भएको छ। तर, काठमाडौं नै ल्याउने तयारी गरिएको छ,’ भट्टले भने।

551
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja