2026/08/26

मध्यराति काठमाडौँबाट साउदी उडेको जहाज बीचबाटै फर्कियो

Admin
Admin

२०८०-०६-१८

507
Shares
मध्यराति काठमाडौँबाट साउदी उडेको जहाज बीचबाटै फर्कियो

काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज बीचबाटै फर्किएको छ। 

गएराति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमामका लागि उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँ अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार काठमाडौँ–दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौँ फर्काइएको हो।

पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौँ फर्काएका थिए। जहाज उडानको क्रममा अन्य जहाज नजिक आएमा सङ्केत गर्ने उपकरणलाई टिकास भनिन्छ।

‘टिकास जहाजमा जडित प्रणाली हो, यसले उडिरहेको जहाजलाई जोखिम हुनसक्ने तथा अर्को जहाजसँग ठोक्किनबाट जोगाउन पाइलटलाई निर्देशित गर्दछ’, महाप्रबन्धक तिवारीले भने। उक्त जहाजका यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ।

507
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja