2026/08/26

बदनियत राखेर गम्भीर अपराधका दोषीलाई माफी दिइयो, यसको विरोध गर्छौं : गगन थापा

Admin
Admin

२०८०-०६-१८

521
Shares
बदनियत राखेर गम्भीर अपराधका दोषीलाई माफी दिइयो, यसको विरोध गर्छौं : गगन थापा

प्रतिनिधिसभाका सांसद गगन कुमार थापाले संविधानको मर्मविपरित कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधका दोषी ठहर गरिएकोलाई माफी मिनाहा दिइएको बताएका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त निर्णय गलत भएको भन्दै त्यसको विरोध गर्दै बताए।  नेपाली कांग्रेससका महामन्त्री समेत रहेका थापाले यो विषय अदालतको ढोकासम्म पुगेको भन्दै त्यसले गिज्याएको टिप्पणी गरे। 

‘संविधान दिवसको दिन ६७० दिन माफीनिाहा गरिएको छ। त्यसमध्ये कति संविधानसम्मत, कानुनसम्मत पनि छ होला। तर फेरि एकपटक संविधानको मर्मविपरित कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधको दोषी ठहर गरिएकोलाई माफी मिनाहा गरिएको छ,’ सांसद थापाले भने, ‘बदनियताकासाथ गरिएको यो निर्णय गलत छ। यसको विरोध स्वभाविक छ। यसको विरोध हुन्छ। हामी विरोध गर्छौं। यो विषय अदालतको ढोकासम्म पुगेको छ, जसले हामी सबैलाई गिज्याइरहेको छ। अदालतमाथि पनि प्रश्न उठेको छ।’

साथै,, उनले राज्यले कानुनको दरुपयोग गरे कसैलाई अनुचित लाभ दिएको कारण त्यसको विरुद्ध बोल्ने बताए। ‘यस्ता घटना हुँदा हामी बोल्ने गरेका छौं। कहिले राज्यले ज्यादती गर्छ, त्यसको विरुद्ध बोलेका छौं। कहिले राज्यले कानुनको दुरुपयोग गरेर कसैलाई अनुचित लाभ दिन्छ त्यसको विरुद्ध पनि बोलेका छौं, बोल्दैगर्दा सरकारमा को छ, हामीसँग को उभिएको छ हामीले हेरेका छैनौं,’ सांसद थापाले भने।

उनले संसद् बैठकमा आसनका आधारमा गरेका भाषणहरू बदलिएको भन्दै यो पटक यस्ता समस्याको जरासम्म पुग्न अनुरोध समेत गरे। ‘सबैका केसमा यस्तो हुँदो रहेनछ। को कतापटि बसेको छ, आसनका आधारमा गरिने भाषणहरु बदलिने रहेनछ। पात्रहरु फेरिँदै गर्दा यसको समाधान ननिस्कि बस्यो। यो पटक जरासम्म पुग्ने मेरो अनुरोध छ। ६ जनाको हत्या गर्नेलाई माफी दिइयो। अदालतले बोल्यो र कानुन बनाउ भन्यो,’ सांसद थापाले भने, ‘संविधान निर्माण भएपछि हामीले कानुन बनायौं। कानुन बनाएपछि असोज ३ सम्म ६ हजार ७४६ जना छन्।’ 

521
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja