2026/07/30

विश्वकप क्रिकेट :न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डको पाँच विकेट गयो

Admin
Admin

२०८०-०६-१८

534
Shares
विश्वकप क्रिकेट :न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डको पाँच विकेट गयो

विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले पाँच विकेट गुमाएको छ।

इग्ल्याडले पाँचौ कप्तान जस बटलर गुमाएको हो। उनी  ४२ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा आउट भएका हुन। उनलाई म्याट हेनरीले आउट गरेका हुन।  यस अघि इग्ल्याडले चौथो विकेट मोईन अलीलाई गुमाएको हो। उनी  ११ रन बनाएर आउट भएका हुन। उनलाई न्युजिल्यान्डका ग्लेन फिलिप्सले  आउट गरेका हुन।

इग्ल्याडले चौथो विकेट २१ दशमलब २ ओभरमा ११८ रन हुँदा गुमाएको हो। यस अघि तेस्रो विकेटका रुपमा इग्ल्याडका ब्याटर ह्यारी ब्रुक १६ बलमा ४ चौका र १ छक्का सहित २५ रन बनाएर आउट भएका हुन।  उनलाई न्युजिल्यान्डका रचिन रविन्द्रले आउट गरेका हुन।तेश्रो  विकेट इग्ल्याडले १७ ओभरमा गुमाएको हो। तेश्रो  विकेट गुमाउँदा इग्ल्याडले  ९४ रन बनाएको थियो।  त्यसैगरी दोश्रो विकेट १२ दशमलब ५ ओभरमा गुमाएको हो। दोस्रो  विकेट गुमाउँदा इग्ल्याडले  ६४ रन बनाएको थियो। दोश्रो विकेट इग्ल्याडले जोनी बेयरस्टोलाई गुमाएको हो। उनी  ३५ बलमा ४ चौका र १ छक्का सहित ३३ रन बनाएर आउट भएका हुन। उनलाई न्युजिल्यान्डका मिचेल सान्टनारले आउट गरेका हुन।

त्यसैगरी  इग्ल्याडले पहिलो विकेट ७ दशमलब ४ ओभरमा गुमाएको हो । पहिलो विकेट गुमाउँदा इग्ल्याडले  ४० रन बनाएको थियो। पहिलो विकेटको रुपमा  इग्ल्याडका  शुरुवाती व्याटर डेविड मलान  २४ बलमा २ चौकासहित १४ रन बनाएर आउट भएका छन। उनलाई न्युजिल्यान्डका म्याट हेनरीले आउट गरेका हुन। इग्ल्याण्डले ताजास्थीतीमा  ३६ ओभरमा  ५  विकेट गुमाएर  २०८ रन बनाएको छ।

भारतको हमदवादमा दिवा रात्री खेलमा न्यूजिल्याण्डले टस जितेर इंग्ल्यान्डलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो।

साविक विजेता इंग्ल्यान्ड र  साविक उपविजेता न्युजिल्यान्डबीच विश्वकपमा १० खेल भएको छ।दुबै टोलीले ५ /५ खेल जितेका छन् । एक दिवसीयमा  भने यी दुई देशले कुल ९५ खेल खेलेका छन् । जसमा इंग्ल्यान्ड ४५ र न्युजिल्यान्ड ४४ खेल  जितेका छन।

इंग्ल्यान्डको प्लेइङ ११

जस बटलर (कप्तान), मोईन अली, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, मार्क वुड र क्रिस वोक्स।

न्युजिल्यान्डको प्लेइङ ११

ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, म्याट हेनरी, टम लाथम (कप्तान तथा विकेटकिपर), डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनार र विल योंग।

534
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja