2026/08/25

प्रतिनिधि सभा बैठकमा विद्युत् विधेयक पेस

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-१८

560
Shares
प्रतिनिधि सभा बैठकमा विद्युत् विधेयक पेस

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा ‘विद्युत् विधेयक–२०८०’ पेस भएको छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेस गरेका हुन्। 

उनले विद्युत् उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्‌मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए। 

बिहीबारको बैठकले प्रतिनिधि सभाका पूर्वसदस्य खेमराज भट्ट मायालुको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का केन्द्रीय सल्लाहकार रहेका उनी विसं २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट बर्दिया क्षेत्र नं। ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। 

पूर्वसामान्य प्रशासनमन्त्री मायालुको वीर अस्पतालमा फोक्सोको क्यान्सर रोगको उपचारका क्रममा यही असोज ४ गते बिहीबार ७३ वर्षको उमेरमा निधन भएको हो।

 

560
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja