2026/08/25

बझाङ पुगेर प्रधानमन्त्रीले भने : भूकम्पले भत्केका संरचना यथाशीघ्र पुनर्निर्माण गर्छौँ

Admin
Admin

२०८०-०६-१९

493
Shares
बझाङ पुगेर प्रधानमन्त्रीले भने : भूकम्पले भत्केका संरचना यथाशीघ्र पुनर्निर्माण गर्छौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही मंगलबार पटक पटकको भूकम्पबाट ठूलो क्षति ब्यहोरेको बझाङमा पुन:र्निर्माणलाई यथाशीघ्र अघि बढाउने बताएका छन्। 

चैनपुरस्थित जिल्ला प्रशासन कार्यलयमा भएको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन्। चैनपुरमा भूकम्पको क्षति अवलोकनपछि उनले राहत, पुन:र्स्थापना र पुन:र्निर्माणका लागि कार्यक्रम घोषणा गरेका हुन्। 

उनले भूकम्पबाट कहाँ, के, कति क्षति भएको हो? एकिन गरेर सामान्य मर्मत सम्भार गर्नुपर्ने,  प्रबलीकरण गर्नुपर्ने वा पुन:र्निमाण गर्नुपर्ने काम अघि बढाइने उनले बताए। 

दाहालले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार उपलब्ध गराइने बताए।

भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने पनि उनले बताए। 

493
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja