2026/08/25

अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई ‘ब्रिफिङ’

Admin
Admin

२०८०-०६-२०

482
Shares
अमेरिका र चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई ‘ब्रिफिङ’

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले मुलुकको समसामयिक अवस्थाबारे पनि जानकारी गराएका थिए।त्यसअघि राष्ट्रपति पौडेललाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेग्ला–बेग्लै भेटेर समसामयिक विषयमा छलफल भएका सल्लाहकार पोखरेलले बताए।

482
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja