2026/07/29

तरुण दलका नवनियुक्त सदस्यहरूले लिए शपथ

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-२१

617
Shares
तरुण दलका नवनियुक्त सदस्यहरूले लिए शपथ

काठमाडौं । कांग्रेसको भ्रातृ संस्था, नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । केन्द्रीय समिति विस्तार भएको तीन महिनापछि आइतबार(आज) काठमाडौंको प्रज्ञा भवनमा उनीहरूलाई शपथग्रहण गराइएको हो ।

सभापति शेरबहादुर देउवाले गत असार १३ गते विद्वान गुरूङ नेतृत्वको तरुण दलमा चार सय जना सदस्य मनोनीत गरेका थिए । उनीहरूलाई कांग्रेसका सहमहामन्त्री एवम् तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले शपथ खुवाएका थिए ।

कार्यक्रममा तरुण दलका पूर्वअध्यक्षहरू जीतजंग बस्नेत, उदयशम्शेर राणासहित पार्टीका केन्द्रीय सदस्यहरू राधा घले र लक्ष्मी खतिवडासमेत उपस्थित थिए । सभापति देउवाले ०७८ को चैतमै विद्वान गुरुङलाई तरुण दलको केन्द्रीय अध्यक्ष नियुक्त गरेका थिए ।

तर गुरुङले दुई वर्षसम्म पूर्ण कार्यसमिति नै पाएनन् । न त अधिवेशन गराउने कुनै तयारी नै गरे । दुई वर्षपछि सभापति देउवाले गत १३ असारमा गुरुङ नेतृत्वको तरुण दलमा ४०० जना सदस्य मनोनीत गरेका थिए । तर सो मनोनयनका विषयमा पार्टीभित्रै विवाद भएपछि लामो समयसम्म उनीहरूको शपथ रोकिएको थियो ।

617
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja