2026/08/25

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-२१

559
Shares
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार(आज) बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित ३ वटा कार्यसूची रहेका संघीय संसद् सचिवालयले जानकारी दिएको छ। 

प्रतिनिधि सभाको आइतबारको बैठक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछन्। 

शिक्षामन्त्री राईले जवाफ दिइसकेपछि सभामुख देवराज घिमिरेले ‘विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। 

आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची समेत छ। 

559
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja